> स्थानीय सरकार > प्यूठानको लिवाङमा पहिलो पटक बस पुग्योः स्थानीय खुशी


प्यूठानको लिवाङमा पहिलो पटक बस पुग्योः स्थानीय खुशी

पदम बहादुर केसी
लिवाङ, २७ असोज । प्यूठानको लिवाङमा पहिलो पटक बस पुग्दा स्थानीय खुशी भएका छन् । गौमुखी गाउपालिका वडा नं. ६ लिवाङमा आज मंगलबार पहिलो पटक बस पुगेको हो ।

नमस्ते प्यूठान यातायात प्रालिको लु १ ख ७१६१ नम्वरको बस पुगेको वडाअध्यक्ष लाल बहादुर खत्रीले बताउनुयभयो । वडामा बस सञ्चालन भएपछि स्थानीय खुशी भएको र स्थानीयलाई आवागमनमा सहज हुने उहाँले बताउनुभयो ।

स्थानीय ७० वर्षीय राम बहादुर खत्रीले कृष्णनगर जाँदा पहिलो पटक बस देखेको स्मरण गर्दै घर छेउमा बस आउँदा खुशी लागेको प्रतिक्रिया दिनुभएको छ । स्थानीय व्यापारी तुल बहादुर थापाले गाउँमै बस आउँदा खुशी लागेको बताउनुभएको छ ।

वडामा गत आर्थिक बर्ष मा प्रदेश सरकार को ७५लाख र गाउँ पालिकाको ७५ लाख गरि काउले भृकुटी पुजा गोठाटी मोटर बाटो निर्माण भएपछि बस चल्ने बाटो बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *