आर्थिक/बिकासस्थानीय सरकार

अनुदान छुटमा कृषक समुह सहकारीले पाए मिनीटिलर

प्यूठान, २७ जेठ । झिमरुक गाउँपालिकाका कृषक समुह तथा सहकारीले मिनिटिलर पाएका छन् । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत ६ वटा कृषक समुह तथा कृषी सहकारीले अनुदान छुटमा मिनिटिलर पाएका हुन् ।

५० प्रतिशत अनुदानमा छुटमा पालिकाले मिनिटिलर वितरण गरेको कृषि शाखा प्रमुख टेक बहादुर विकले जानकारी दिनुभयो । एक लाख १५ हजार रुपियाँको मिनिटिलर समुह सहकारीले ५७ हजार पाँच सय रुपियाँमा प्राप्त गरेका हुन । गाउँपालिकाले आठ लाख पाँच हजारमा मिनिटिलर खरीद गरेको हो । गाउँपालिकाले संचालन गरेको कृषि तालिम तथा नमुना प्रदर्शनी केन्द्रका लागि समेत एउटा मिनिटिर सत प्रतिशत अनुदान दिइएको छ ।

अनुदानमा मिनिटिलर पाउनेमा डाँडाखर्क कृषक समुह झिमरुक १, प्रगतीशिल महिला कृषक समुह झिकरुक १, सगरमाथा कृषक समुह झिकरुक ३, मिलिजुलि शिदेश्वरी कृषक समुह झिमरुक ७, मधुकुण्ड सहकारी संस्था लिमिटेड झिमरुक २, खड्क निशान साना किसान सहकारी संस्था झिमकरुक ५ रहेका छन ।

मंगलबार जिल्ला समन्वय समितिका प्रमुश केशवराज आचार्यको प्रमुख आतित्थयतामा वितरण गरीएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता सिताराम केसीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button