प्युठान । प्रस्तावित लालिगुराँस रंगशाला दिहाल्ना खेल मैदानमा टि-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । भुमे बराह क्रिकेट क्लव नौबहिनी गाउँपालिका ४ खवांगको आयोजनामा बडा दशैं नौबहिनी प्रिमियर कम टि-२० प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगिताको नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि भएको पहिलो खेलमा आयोजक वि टिमलाई रोयल झुंग्दीले हराएको छ । भने दोस्रो खेलमा फोप्लीलाई लुंगले हराएको छ । प्रतियोगितामा २३ टिमले सहभागिता जनाएको अध्यक्ष तेज बहादुर पुनले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपियाँ र उप विजेताले २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । त्यसैगरी म्यान अफ द सिरिजलाई २ हजार रुपियाँ, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई एक एक हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । फाइनल खेल कात्तिक ६ गते हुने अध्यक्ष पुनले जानकारी दिनुभयो ।