प्यूठान, १४ असोज । मल्लरानी गाउँपालिका वडा नं २, ३ र ऐरावति वडा नं ६ चुँजाठाटि युथ क्लव प्यूठानको आयोजनामा चुँजाठाटिमा तेस्रो खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ ।
क्लवले बुधवार एक सुचना निकाल्दै मल्लरानी गाउँपालिका २ चुँजाठाटिमा असोज २४ गतेदेखि प्रतियोगिता हुने जानकारी गराएको हो । खेलकुद मार्फत दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता प्रथम, द्धितिय र तृतियले क्रमशः २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् ।
