> स्थानीय सरकार > १८ घर नै क्वारेन्टाईनमा


१८ घर नै क्वारेन्टाईनमा

प्यूठान, १६ चैत्र ।
कोरोना संक्रमितसँगै प्यूठान आएका दुई युवाहरु घरमै क्वारेन्टाईन (एकान्तवास)मा छन् । उनीहरु प्यूठान आएपछि भेटघाट गरेको टोल भरीका १८ घरलाई नै क्वारेन्टाईन बनाईएको प्यूठान नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो ।

घर आएपछि उनीहरुले भेटघाट गरेका १८ घरधुरीका स्थानीयलाई सुरक्षित एकान्तवासका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो । दुई युवा र अन्य स्थानीयमा कुनै पनि लक्षण नदेखिएको समेत उहाँले जानकारी दिनुभयो ।

एयर अरेबियाको जी ९५३७ विमानमासँगै आएका धादिङका एक युवामा बुधवार कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनीहरु चैत्र ६ गते दुबईको सारजहा एयरपोर्टबाट काठमाडौं आएका थिए । विमानमा १६९ जना यात्रु रहेकोमा प्यूठानका २ जना थिए । उनीहरु दुबै जना काठमाडौबाट अलग अलग रात्री बसमा प्यूठान आएको पाइएको प्यूठान प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!