बिजुवार । प्युठान नगरपालिकामा पालिका स्तरीय युवा समुह पुनर्गठन गरिएको छ । तारा बहादुर जिएमको अध्यक्षतामा ३३ सदस्यीय समुह गठन भएको हो ।
समुहको उपाध्यक्ष जीवन पुन, सचिब गिता खत्री, सह-सचिब कुसुम गिरी र कोषाध्यक्ष बिशाल बिश्वकर्मा रहनुभएको छ । किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत समुह पुनर्गठन गरिएको हो ।
प्रजनन स्वास्थ्य सम्बन्धी स्थानीय स्तरका मुद्दाहरुलाइ पैरवी गर्दै पालिकासम्म पुरयाउने र युवा निति २०७२ले परिकल्पना गरेको पालिक स्तरिय काउन्सिलको काम गर्ने उद्देश्यले समूह गठन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमबारे जपाईगोका गुणस्तर अधिकृत सुर्य पौडेलले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, झिम्रुक गाउँपालिका, गौमुखी गाउँपालिका र नौबहिनि गाउँपालिकामा कार्यक्रम लागु भएको पौडेलले जानकारी दिनुभयो । बिभिन्न सुचकको आधारमा प्युठान नगरपालिकाको १,३,५,६,९ र १० वडा कार्यक्रम लागु भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वासुदेव पण्डितले युवा समुहलाई सक्रिय भुमिका खेल्न आग्रह गर्नुभयो ।
युएसएआईडेको आर्थिक सहयोग, केयर नेपालको प्राविधिक सहयोग एवं मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्युठान, जपाईगो, एचडिआई, नेपाल सिआरएस कम्पनी र नेपाल युवा संस्था संजाल (आयोन)को साझेदारिमा परियोजना संचालनमा छ । कार्यक्रमको सहजीकरण युवा स्रोत ब्यक्ती गिरीराज भण्डारी र सहजकर्ता मोनिका श्रेष्ठले गर्नुभएको थियो ।
