> समाज > घुम्ति शिविरमार्फत वडा वडामा अपाङ्गता परिचय पत्र


घुम्ति शिविरमार्फत वडा वडामा अपाङ्गता परिचय पत्र

प्यूठान, २५ पुष । मल्लरानी गाउँपालिकाले घुम्ती शिविरमार्फत वडा वडामा पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई सहजताका लागि गत पुष १९ गतेदेखी वडामै पुगेर परिचय पत्र वितरण गरिएको हो । गाउँपालिकाले वार्षिक कार्यक्रम नै तय गरी वडा स्तरमा घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘शिविरबाट पालिकामा अपाङ्गता भएका व्यक्ति के–कति छन् अभिलेख राख्न र नीति कार्यक्रम बनाउन सहज हुने विश्वास लिईएको छ ।’

 

शिविर एक साताको अवधिमा पालिकाका ४ वडामा सञ्चालन भएको थियो । जसमार्फत ३५ महिला र ४९ पुरुष गरी ८४ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनुभयो । जसमा ‘क’ वर्गको ५, ‘ख’ वर्गको २८, ‘ग’ वर्गको ३३ र ‘घ’ वर्गको १८ परिचय पत्र रहेका छन्

 

। अपाङ्गता भएका व्यक्तिहरुको सेवा सुविधाको लागि अपाङ्गता परियच पत्र अनिवार्य रहेको र वडा तथा गाउँस्तरमा सेवा प्रदान गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुने भएकाले शिविर सञ्चालन गर्न आवश्यक रहेको राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमानसिंह के.सी.ले बताउनुभयो । धेरै स्थानीय तहहरुमा वडा स्तरीय घुम्ति शिविरहरु सञ्चालन भएका छन् अध्यक्ष के.सी.ले भन्नुभयो,– ‘शिविर नभएका स्थानीय तहमा पनि शिविर सञ्चालनका लागि समन्वय भईरहको छ ।’

 

 

गाउँपालिका उपाध्यक्ष सरिता जिसी, प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा, राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष के.सी , प्राथमिक स्वास्थ्य केन्द्र खलंगाका डां विक्रम थापा, महिला तथा बालबालिका शाखाका रेवती न्यौपाने सहित जनप्रतिनीधिको सहभागीतामा शिविर सञ्चालन गरिएको थियो ।

 

One thought on “घुम्ति शिविरमार्फत वडा वडामा अपाङ्गता परिचय पत्र

  1. यो समाचार पढ्दै गर्दा एउटा कुरा जान्ने मन लाग्यो, नमस्कार म नरेस गुरुङ मेरो एक जना पहेलो कार्ड वाला अपांग हुनुन्छ र वहाँ जस्ता पहेलो कार्ड वाला हरुको लागि राज्य,सरकार वा स्थानीय निकाए ले के कस्ता सहयोग गर्न सक्छ कोहि जानकार हुनुन्छ भने बताइदिनु भए आभारी हुनिथिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *