> समाज > प्यूठानमा बाटो खन्ने क्रममा पहिरोले एक्साभेटर पुरियो, चालकको मृत्यु


प्यूठानमा बाटो खन्ने क्रममा पहिरोले एक्साभेटर पुरियो, चालकको मृत्यु

प्यूठान, असोज १२ गते । बाटो खन्ने क्रममा पहिरो खसेर एक्साभेटर पुरिदा चालकको मृत्यु भएको छ ।

देविस्थान तिराम सडक खण्ड अन्र्तगत माण्डवी गाउँपालिका वडा नं. १ डामृखोलामा बाटो खन्ने क्रममा बाटो माथिबाट पहिरो खसेर एक्साभेटर पुरिदा चालक(अपरेटर) नर्सिङ बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

सितगंगा नगरपालिका वडा नं. ८ लापे अर्घाखाँचीका ४० वर्षिय बुढामगरलाई पहिरोले पुरेपछि घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

मदनभण्डारी लोकमार्ग अन्र्तगत उक्त सडक स्तरोन्नतीको काम भइरहेको छ ।

तस्विरः निर्माण व्यवसायी नविन कुमार श्रेष्ठको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *