> राष्ट्रिय > संक्रमितसँगै आएका दुई जना प्यूठानका


संक्रमितसँगै आएका दुई जना प्यूठानका

सृजना सेन
प्यूठान, १५ चैत ।
धनगढीमा भेटिएका कोरोना संक्रमितसँगै नेपाल आएका दुई जना प्यूठानको भएको पाइएको छ । दुवैबाट नेपाल आएका उनीसँगै प्यूठान नगरपालिकाका दुई जना व्यक्ति पनि आएको पाइएको हो । दुवै जना करिव २५ वर्ष उमेरका छन् । दुबै जनालाई कुनैपनि लक्षण भने नदेखिएको प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिनुभयो । दुवै जना यूवाको परिवारका सदस्यलाई समेत होम क्वारेनटाइनमा बस्न अनुरोध गरिएको कक्षपतिले जानकारी दिनुभयो । दुवै जना युवकको परिवारलाई घरमै पुगेर भेटेर सम्झाएको उहाँले बताउनुभयो ।

दुई युवाहरु धनगढीको संक्रमितसँग नभई धादिङका संक्रमितसँगै नेपाल आएको खुल्न गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!