> आर्थिक > प्यूठानमा नयाँ प्रविधिको आविष्कार (भिडियो सहित)


प्यूठानमा नयाँ प्रविधिको आविष्कार (भिडियो सहित)

प्यूठान, ११ चैत ।
प्यूठान नगरपालिका १ भलावाङमा एक व्यक्तिले नयाँ प्रविधि बनाउनुभएको छ । ३१ वर्षीय याम बहादुर थापाले करिव एक वर्षको प्रयासमा बत्तिको स्विच अन अफ गर्ने नयाँ प्रविधि पत्ता लगाउनुभएको हो ।
उहाँले अहिले लिफ्ट खानेपानी तथा सिंचाई योजनाको मोटरको स्विच अन अफ गर्ने प्रविधिको सफल परिक्षण गर्नुभएको छ । मोवाईल डिभाइसको माध्यमबाट घरमै बसेर मोटर चलाउन र बन्द गर्न सकिने प्रविधिको विकास गरेको थापाको भनाई छ ।
उक्त प्रविधिले लिफ्टको मोटर चलाउँदा बत्तिको समस्याले हैरान भएका उपभोक्ताले राहत महशुस गरेका छन् । जिल्लामा थुप्रै लिफ्ट योजना भएकाले त्यसको समस्या समाधानका लागि आफूले आविष्कार गरेको प्रविधि उपयुक्त हुने उहाँको विश्वास छ । पत्रकार एलबी थापाले स्थलगत रुपमा पुगेर उक्त प्रविधिको भिडियो तयार गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!