प्युठान । अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा सिबिआर कार्यक्रम अन्तरगत सामग्री वितरण गरिएको हो ।
राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा अशक्त तथा आर्थिक रुपमा बिपन्न अपाङ्गता भएका बालबालिकालाई शिक्षामा सहजता र पहुँचवृद्धि गर्नका लागि शैक्षिक सामग्रीले टेवा पुर्याउने उदेश्यले वितरण गरिएको संघका अध्यक्ष हुनाराम खड्काले बताउनुभयो ।
विभिन्न प्रकितिका १२ जना अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।
मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको बिशेश उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको राष्ट्रिय अपांग सेवा संघ प्युठानका निवर्तमान अध्यक्ष जुमान सिंह के.सी.ले जानकारी दिनुभयो ।
यस वर्ष माण्डबि गाउँपालिकामा सिबिआर कार्यक्रम बिस्तार गरिएको संघले जनाएको छ ।