दाङ, १४ पुस । दाङमा जीपको ठक्करबाट प्यूठानका एक जनाकोे मृत्यु भएको छ ।
दाङको लमही नगरपालिका–५ नर्तिमा सोमवार साझ लु २ च ५६६४ नम्बरको बलेरो जीपले ठक्कर दिदा पैदल हिँडिरहेका प्यूठान मल्लरानी गाउँपालिका–५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मुत्यु भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।