प्यूठान, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिस गरेको प्रति प्यूठानबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद दुर्गा पौडेलले आपत्ति प्रकट गर्नुभएको छ ।
संसद विघटन नै गर्नुपर्ने कुनै पनि अवस्था नभएको वर्तमान समयमा यस्तो निर्णय आउनु लोकतन्त्र माथिको कुठाराघात भएकाे बताउनुभयाे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले आफ्नो पार्टी भित्रको विवादलाई लिएर संसद विघटन गर्नु गैर संवैधानिक कदम भएको उहाँले टिप्पणी गर्नुभयो । प्यूठान समाचार डट कमसँगको कुराकानीमा उहाँले भन्नुभयो, यो गैर जिम्मेवार र गैर संवैधानिक कदम हो ।