बासुदेब गिरी
प्युठान । प्युठानको झिमरुक फाटमामा चैते धान रोपाइँ सुरु भएको छ । जिल्लामा चैते धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्यूठान प्रमुख चुमानसिंह गिरीले धानको पकेट क्षेत्र लागू भएको प्युठान नगरपालिका भित्र पर्ने झिमरुक फाटमा चैते धान रोपाइँ सुरु भएको बताउनुभयो ।
चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको गिरीको भनाइ छ ।
यस वर्ष करिव ६०० रोपनिमा नयाँ पकेट क्षेत्र विस्तार गर्ने योजना रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्यूठान प्रमुख चुनन गिरीले बताउनुभयो । उहाँले भन्नुभयो,”चैते धानको उत्पादन वर्षे धानको तुलनामा वढि हुन्छ ।” गत वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व ४.५ छ भने चैते दानको उत्पादन ५.१ रहेको उहाँको भनाई छ ।
खेतमा गहुँ हार्भेस्ट पछि करिव २/३ महिना खालि हुने जग्गालाई सदुपयोग गरि उत्पादनना वृद्धि भएकोले किसान खुशी भएको उहाँले बताउनुभयो । जिल्लामा किसानले चैते धानको रोपाइँ छोड्न लागेको बेला प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको विषेश पहलमा ४ सय रोपनि जग्गाबाट शुरु गरिएको धान खेती अहिले १ हजार ६ सय रोपनि जग्गामा धान रोपाइँ हुनलागेको गिरिको भनाइ छ ।
परियोजनाले प्रत्येक वर्ष विषेश अभियानको रुपमा जिल्लाका विभिन्न सम्भाव्य नयाँ क्षेत्रहरुमा अधयान गरि क्षेत्र विस्तार गर्ने लक्ष्य लियको उहाँले बताउनुभयो । “झिमरुक फाटमा करिव १५०० हेक्टर क्षेत्रमा यस्को क्षेत्र विस्तार गर्ने लक्ष्य लिएका छौ” । गिरीले भन्नुभयो, “चैते धान विस्तारका लागि सम्भावित क्षेत्रमा कृषि विशेषज्ञ सहितको टोलि खेतमै परिक्षण गरिने छ।”
किसानलाई परिक्षण आधारमा बढी उत्पादन छिटो तयार हुने उन्नत वीउहरु चैते-५, हर्दिनाथ-१, ३ जस्ता जातको धान वितरण गरिएको छ । धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागि विभिन्न प्राविधक सहयोग र पुर्वाधार निर्माणका कार्यक्रमहरु समेत संगै लगिएको उहाँको भनाइ छ ।
जिल्लाका विभिन्न किसानलाई धान उत्पादनको वृद्धिका लागि यसको पकेट क्षेत्र सञ्चालन गरेर किसानलाई सिँचाइ, मल, बीउ र यान्त्रिकीकरणमा सहयोग गर्दै आइरहेको छ ।