> राष्ट्रिय > संक्रमितको संख्या पाँच पुग्यो


संक्रमितको संख्या पाँच पुग्यो

काठमाण्डौ, १५ चैत ।

शनिबार थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएसङ्गै संक्रमितको संख्या पाँच पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९ वर्षकी किशोरी हुन् । उनी चैत ४ गते कतार एयरवेजको क्यू आर ६५२ उडानबाट नेपाल आएकी हुन् ।
कोरोना भाइरस संक्रमण भएको दोस्रो व्यक्ति र उनि एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *