प्यूठान, २१ बैशाख ।
नेपालगन्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आज साँझ थप ६ जनालाई संक्रमण भएको पुष्टि भएसँगै नेपालगञ्जमा मात्र संक्रमितको संख्या १६ पुगेको हो ।
यसअघि आजै ९ जना संक्रमित भेटिएका थिए । यसअघि शुक्रबार एक जना संक्रमित भेटिएका थिए । देशभर संक्रमितको संख्या ७५ पुगेको छ ।
