राजनीति

नेकपाका सवै कार्यक्रम स्थगित

सतर्कता अपनाउन पार्टी सदस्यहरुलाई आव्हान

[mashshare]

प्यूठान, १५ चैत्र ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना सवै कार्यक्रमहरु स्थगित गरेको छ । पार्टी एकीकरण पछि पार्टी सदस्यता नविकरण सहितको तीन महिने जनभेटघाट अभियान घोषणा गरेको नेकपाले कार्यक्रम स्थापित भएको जनाएको हो ।

विश्वव्यापी रुपमा कोरोना भाईरसको संक्रमण फैलिदै गएकोले यसबाट बच्न कार्यक्रम स्थागित गरेको नेकपाले जनाएको छ । ‘अर्काे निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गिय संगठनहरुका तर्फबाट बैठक, भेला, सदस्यता नविकरण लगायत सवै प्रकारका कार्यक्रमहरु स्थगित गर्ने’ ,पार्टीको विशेष परिपत्रमा भनिएको छ ।

नेपाल सरकारले लक डाउनको घोषणा गरेको यस अवस्थामा पूर्ण पालनाका लागि आव्हान गर्दै सचेतना, पुर्व तयारी र सहयोगका लागि स्वास्थयकर्मी, स्वास्थ्य संस्था र राज्यका आधिकारिक निकायहरुलाई अनुरोध गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालद्धारा संयुक्त रुपमा जारी परिपत्रमा कोरोनाको संक्रमण हुन नदिन र सतर्कता अपनाउन पार्टी सदस्यहरुलाई आव्हान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close