> राष्ट्रिय > प्यूठानमा एमालेकाे निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण अभियान उपलब्धीपूर्ण


प्यूठानमा एमालेकाे निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण अभियान उपलब्धीपूर्ण

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानले जिल्लामा सञ्चालन गरेको निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण अभियान उपलब्धीपूणर् भएको बताएको छ । जिल्लाका सवै स्थानीय तहमा निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण सम्पन्न गरेको पार्टी अध्यक्ष विजय विराज विष्टले जानकारी दिनुभयो ।

प्रेस चौतारी प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष विष्टले पछिल्लो समय झण्डै ४५ सय कार्यकर्ता एमालेमा प्रवेश गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँले पार्टीले पछिल्लो गतिविधिले पार्टी संगठन टोल कमिटी तहसम्म परिचालन र क्रियाशिल भएको बताउनुभयो ।

 

पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) का पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले नेकपा मसालले एमालेले लगाएको गुन विर्सिएको टिप्पणी गर्नुभयो । उहाँले मसालले एमालेसँग तालमेलको ढोका नै बन्द गरेको र माओवादीसँग पनि तालमेलको विषयमा छलफल नभएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रेस चौतारी प्यूठानका अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव दिल बहादुर दसौदीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *