प्यूठान, २९ मंसिर । नेपाली कांग्रेस प्यूठानले सदरमुकाम खलंगामा विरोध कार्यक्रम गरेको छ ।
सर्वसत्ताबाद, भ्रष्टाचार र कोभिड विरुद्धको अर्कमण्यताको विरोध गर्दै देशव्यापी कार्यक्रम अन्र्तगत प्यूठान सदरमुकाम खलंगामा विरोध कार्यक्रम गरेको हो ।
सदरमुकाममा कांग्रेसले र्याली सहित विरोध सभा गरेको हो ।
खलंगा स्थित पार्टी चोकमा भएको कार्यक्रममा नेपाली कांग्रेस प्यूठानका जिल्ला नेताहरुले सम्वोधन गरेका थिए ।
पूर्व सभापति सालिकराम पण्डित, सुवास केसी, नेतृ भगवति विष्ट, उपसभापति बद्री लम्सालले सरकारको गलत काम कारवाहीको आलोचना गर्नुभएको थियो ।
