माधव खनाल
अर्घाखाँची । अर्घाखाँचीमा लामो समयदेखी राष्ट्रिय जनमोर्चामा रहेर निकै सकृयता पुर्वक पार्टीको काम गर्दै आएका राष्ट्रिय जनमोर्चाका युवा नेता कविराम खनालले पाटी छाड्नुभएको छ । शुक्रवार एक विज्ञप्ती निकाल्दै राष्ट्रिय जनमोर्चाको सबै पदबाट राजीनामा दिएर स्वतन्त्र भएको बताउनुभएको छ ।
करिव ३ दशक भन्दा बढी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल बाल संगठन, अखिल छैठौं , अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य समेत बन्नुभएको थियो । उहाँ करिव पाँच वर्षसम्म राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य र जनमोर्चाको आधार इलाका मानिने भुमिकास्थान नगरपालिकाको उपाध्यक्ष समेत रहि पार्टिको नेतृत्व सम्हालेका खनाल २०७४ सालको स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट भुमिकास्थान नगरपालिका नगर प्रमुखको उम्मेदवार समेत बन्नुभएको थियो ।
सोही निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धन रहेता पनि झिनो मतान्तरले निवर्तमान भुमिकास्थानका प्रमुख रेशम थापासंग पराजित बन्नुभएको थियो ।
खनाल राजनीतिमा मात्रै नभएर निर्माण ब्याबसायी अर्घाखाँचीको सह अध्यक्ष समेत हुनुहुन्छ । खनाल अर्घाखाँचीमा युवा देखि वृद्धहरुको सारथिको रूपमा समेत परिचीत हुनुहुन्छ ।