एलवी थापा
प्यूठान, २२ चैत्र ।
झिमरुक गाउँपालिका वडा नं. ३ आहालखोला क्षेत्रको जंगलमा आगलागी भैरहेको छ । आगो गौमुखी गाउँपालिका ६ नारिकोट तिर अघि बढेको छ । यहाँको भुमेकाथान बस्ती जोखिममा पर्न थालेको छ ।
राष्ट्रिय वन, कबुलियति वन, सामुदायिक वन तथा नीजि खर्याउनहरुमा आगालागी भएको हो ।
नियन्त्रणको प्रयास भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । हावाहुरीका कारण आगो नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् ।
