
प्यूठान । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको प्यूठान शाखा गठन गरिएको छ । लुम्बिनी प्रदेश समितिको सक्रियतामा आईतवार जुम्रीमा भएको भेलाले समिति गठन गरेको हो ।
नवगठित समितिको अध्यक्ष कमलराज रिजाल, उपाध्यक्ष टीका भण्डारी, महासचिव तिर्थराज पोख्रेल, सचिव विजय रिजाल, कोषाध्यक्ष हिमा पाण्डे रहनुभएको छ ।
समितिको सदस्यहरुमा कृष्णा केसी, भविन राना, गोमा भट्ट, टोप बहादुर मल्ल, बलबहादुर भण्डारी, दुर्गाबहादुर बुढाथोकी क्षेत्री, नारायणी बस्नेत, गिता घर्ती क्षेत्री, दिलिप जिसी रहनुभएको छ ।
भेलाले पालिका संयोजक समेत चयन गरेको छ । जस अनुसार ऐरावती गाउँपालिकामा डिलबहादुर रावत, नौबहिनिमा राम बहादुर केसी, माण्डवीमा रिख बहादुर गौतम, झिमरुकमा मोहन जिसी, स्वर्गद्वारीमा तिलक सुनार, गौमुखीमा चन्द्र बहादुर केएम, प्यूठान नगरपालिकामा शिवा सुबेदी रहनुभएको छ ।
प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रमा महासंघका केन्द्रिय अध्यक्ष, उपाध्यक्ष, प्रदेश अध्यक्ष लगायतको उपस्तिथि रहेको थियो ।






