> साहित्य सृजना > लघुकथा: भाई दुज !


लघुकथा: भाई दुज !

सुरेशकुमार पाण्डे

के भयो के भयो ? भन्दै केहि मान्छेहरु दौडिएर आएका थिए । बिस्तारै त्यँहा एकैछिनमा मान्छेहरुको भिड् लाग्यो । सबैले आ-आफ्ना मोवाईल लिएर फोटा खिज्दै थिए चारै तिरबाट तर कसैलेपनि सहयोग गर्ने आँट गर्न सकेको थिएन । नजिकैको चौरामा एउटा युवा फत्रा-फत्रा गर्दै थियो । मानौ युवाले कुनै नाटकको अभिनय गर्न थालेको र अरुले तमासा हेरेको त्यँहा कुनै फिलमको सुटिंग भए जस्तै त्यँहाको माहोल थियो । मणिले यो भिड देखेर त्यँहा आफ्नो साईकिल बाट झरेर एकैछिन उभियो तर उस्लाई पनि त्यो माजरा बुझ्न गाह्रै भयो । भिडलाई छिचुल्दै अलि भित्र पसेर हेर्दा उ घोप्टे परेको थियो अलि नजिकै बाट हेर्दा चिनेको जस्तो लाग्यो । उस्लाई उठाउँने उदेश्यले मणि नजिकै जान खोज्दा त्यँहा उभिएकाले रोक्छन । तिमिले त्यसलाई न छुनु त्यो करोनाको मरिज हुन सक्छ भन्दै त्यँहा उभिएका मध्य एकजनाले मणिलाई पछि तान्छ । छि-यो कस्तो समाजमा परेको भय हो ? मान्छे तड्पिएकोछ जनताले तमासा हेरेकाछन भिडियो बनाएकाछन तर कसैले डाक्टर कँहा लाँदैन.। मणि कराउँछ तर कसैलाई केहिपनि असर पर्दैन ।

त्याहा त्यो भिडले न ता कसैलाई छुन दिएका थिए न कसैले मद्दत गर्ने प्रयात्न गरेका थियो । उस्को त्यो दर्दनाक अबस्थाको भिडियो बनाउँन भने बुढा देखि बच्चा सम्म सबै लागेका थिए । मणिले पोलिसलाई फोन गर्छ एकछिन पछि पोलिसको जिप आएर रोकिन्छ । सबै मान्छेको ध्यायन अब पोलिसको त्यो जिप तिर थियो । त्यो मान्छे अब सान्त सँग अनुसाशित भयर पल्टिएको थियो एक छिनपछि डाक्टरको एम्बुलेन्श आउँछ र उस्लाई फटाफट होष्पिटल पुराउँछन । उ त्यँहि मरिसकेको मान्छेलाई लगेर भित्र जाँच पड्ताल गर्छन त्यसपछि आफ्नो ओपचारिकता पछि उस्लाई मृत्यु भयको भन्दै डाक्टरले अब केहि हुँन सक्दैन भन्छ । त्यसपछि आफ्न्ती खोज्छन वारीशको पार्थिव सरिरको लागि जो अब म फलानाको छोरा,फलानाको भाई भन्न सक्दैन उस्को स्वास रोकिएको मुढालाई खरानी पार्न वारीस चाहियको थियो,अनि डाक्टरलाई खर्च असुल्न वारीस चाहियो,पोलिसलाई कागजि कार्वाई गर्न वारीस चाहियो । पत्रकारहरुलाई उस्को नुमाईस(प्रदर्शन)उपहाश गरेर आफ्नो ब्यबसाय चलाउँनु छ । अब त्यो भिड बाट अहिले एकजना मात्र उभिएको थियो उस्लाई पहिचान गर्न मणि किन की मर्नेवाला एउटै देशको थियो तर कुन गाउँको थियो,कस्को छोरा थियो त्यस बाट अनभिग्य मणि वारीश बनेर ठिङ्ग उभिएको थियो ।

देशमा कोरोनाको दिनौदिन बढ्दै गयको अबस्थाले आम जनमानश अक्रान्त ता छँदैछ अहिले बिदेशमा पनि कोरोनाको महामारी फैलिएको अबस्थामा जो कसैले मान्छेलाई अर्को बिमारी लागेको होला भनेर कल्पना गर्नै सक्दैन जस्ले पनि कोरोना नै भन्छ । तिहार नजिकिँदै थियो मान्छे हरुले बजारमा माटाका दिया मोम बत्ति लडिहरु लिएर बसेका थिए बेच्नलाई । तर परदेशीको अबस्था यस्तो दयानिय छ।

नजिकै आएको तिहारमा प्रवाशीहरु लाई स्वदेश जाने रहर किन लागौन तर अहिलेको अबस्था जटिल भएकोले खासै स्वदेश जाने लहर छैन ।यँहा आर्काको देशमा आफ्नो देशको नागरिक यसरी मर्दा चुप लागेर को बस्थ्यो । मणिले आफु जस्तै साथिहरुलाई जुटाउँन थाल्छ । पुलिस वैरिफिकेसन पछि उस्को पासमा भयको एउटा पत्र पोलिसले मणिलाई देखाउँदै यस्ले साहिद आत्म हत्या गय्रो कि ? यो पत्रमा के लेखेको छ पढेर सुना भन्छ । कँहि बिषालु चिज खाएर आत्माहत्या त गरेन भन्दै मणिलाई देखाउँछ।डाक्टरको रिपोर्ट आउँन बाँकिनै थियो ।

मणिले पत्र हेर्दा त्यो घरबाट बैनी ले पठाएको पत्र रैछ।

दादा तिहारमा जसरी भयपनि आउँनु होला । बिगतको तिहार जस्तै अहिलेपनि तिहार मनाउँला । तर अलि सम्लेर आउँनु पहिलेको जस्तो अबस्था छैन । कोरोनाको महामारीले कहर बर्षायकोछ देशैभरी ।

हजूरलाई थाहानै छ मेरो रिजल्ट आयो म पास भयको छुँ । आँउदा आमालाई एउटा अलि तातो उनिको बर्की र बाबा लाई एउटा तातो जाकेट ल्याई दिनु होला । दादा मलाई केहि ल्याउँनु पर्दैन हजूर भाई-दुज सम्म आईपुगे हुँन्छ । उहि हजूरकी प्यारी बैनी ! चञ्चल ।

चिट्ठि पढ्दा-पढ्दै मणि भाबुक हुँन्छ आँखा रसाउँछन । के भयो ? किन रोईस ? पोलिसले उस्को मुहारतिर हेर्दै भन्छ । सर यो त उस्को घर बाट उस्की बैनाले पठाएको पत्र रैछ भैया दुजमा जरुर आउँनु घरमा भनेर लेखेकीले मलाई भाबुक बनायो ! मणिले भन्छ । के तिम्रो गाउँको हो यो मान्छे होईन सर मेरो देशको हो यसको ठेकाना म पत्ता गर्छु भन्दै चिट्ठि पछाडी हेर्छ त्यो हाते चिठ्ठी जस्तो थियो त्यसमा ठेकाना थिएन ।पछि सोध पुछ गर्दा केहि दिन देखी उ बिमार भयको र औषधी गर्दै जरो राम्रोगरी निको नभयपछि डाक्टरले  बिहान मात्रै कोरोना जचाउँने सल्ला दिएको रैछ । तर त्यो चिन्ता उस्को हृदयको छाप बनेछ । डाक्टरले त्यसो भनेपछि उ घर हिँड्न-तयार भयको आफ्नो कोरोना जचाउँन जान्छु भनेर निस्किएको हो  ! भन्नेकुरा उ सँगै बस्ने अरु सँग साथिले भने । त्यसैको न्युले उस्को अटेक आएको रैछ समयमा डाक्टरको औषधी उपचार पाएको भय त्यो बाँच्ने थियो । भन्ने पछि आएको रिपोर्टले पनि पुष्टी गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *