> राष्ट्रिय > ४ सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण


४ सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण

प्यूठान, १६ कात्तिक । नेपालमा ४ सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण भएको छ । नेपाल पत्रकार महासंघका अनुसार चार जना पत्रकारको कोराना संक्रमणका कारण मृत्यु भएको छ ।

आईतबार महासंघले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार अहिले कोरोना महामारीका कारण बेरोजगार हुनुको साथै संक्रमित समेत हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

‘दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा कोरोना संक्रिमत भई यतिखेर आफ्नै खर्चबाट पीसीआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘यो विषम परिस्थितिमा मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पीसीआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ ।’

महासंघले आफनो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न आम पत्रकार तथा सञ्चारकर्मीहरुलाई अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *