> Banner > राष्ट्रिय युवा संघ प्युठानद्वारा वृक्षरोपण


राष्ट्रिय युवा संघ प्युठानद्वारा वृक्षरोपण

टु आर क्षेत्री
प्युठान, २८ असार । राष्ट्रिय युवा संघ जिल्ला समिती प्युठानको आयोजनामा प्युठानको विजुवारमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

संघको आयोजना तथा जिल्ला युवा समिती प्युठानको सहयोगमा आज प्युठान नगरपालिका ४ बिजुवार हल्दिखोला र जिल्ला पार्टी कार्यालय वरिपरी कागतीको बेर्ना बृक्षारोपण कार्यक्रम गरिएको युवा संघ जिल्ला समिती प्युठानका संयोजक विषेक थापाले जानकारी दिनुभयो ।

संघले वृहत् राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८ अन्तरगत सोमवार सो ठाउमा बृक्षारोपण गरेको हो।

बृक्षारोपण कार्यक्रममा प्युठान नगरपालिका ४ का वडा अध्यक्ष लक्ष्मी राज भन्डारी, अनेरास्ववियु जिल्ला अध्यक्ष जाल ब के.सि, नेकपा एमाले जिल्ला कमिटि प्युठानका सदस्य आकाश भन्डारी, युबा संघका केन्द्रिय सचिवालय सदस्य मुक्ती पोख्रेल, सुरज रोका मगर, केन्द्रिय सदस्य धुर्व विष्ट, महेश पान्डे लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *