प्युठान । स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव -२०७९ को तेस्रो दिन शनिबार लोकप्रिय कलाकार आउने भएका छन । आयोजकका अनुसार बद्री पंगेनी, सम्झना लामिछाने मगर, अञ्जली अधिकारी, बिमल अधिकारी लगायतका कलाकारको प्रस्तुति रहनेछ ।
त्यसैगरी प्युठान डान्स आइडलको मेघा राउन्ड पार गर्नुभएका प्युठान नगरपालिका र झिमरुक गाउँपालिकाका प्रतियोगीको प्रस्तुति रहनेछ । आज ७ वटा स्थानीय तहका प्रतियोगीले आफ्नो प्रस्तुति राखेका थिए । जसबाट १५ जना छ्नौट भएको आइडल ब्यबस्थापन समितिका संयोजक प्यार अलि खानले जानकारी दिनुभयो ।
मोडल तथा डान्सर साहिर केसी र बबिता बोहोरा निर्णायक रहनु भएको छ ।
त्यसैगरी मेलामा लोक दोहोरी प्रतियोगिता समेत संचालन भएको छ ।
