> समाज > बाल विवाह बिरुद्ध प्रहरी अभियान


बाल विवाह बिरुद्ध प्रहरी अभियान

प्यूठान, १३ कात्तिक । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले बालविवाह बिरुद्ध प्रहरी अभियान सञ्चालन गर्न थालेको छ ।

भोलिदेखी १५ दिने अभियान संचालनमा ल्याउन लागेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिनुभयो ।
कार्यक्रम अन्र्तगत प्रदेश अन्तरगतका सबै प्रहरी कार्यालयहरूले लक्षित बर्गसम्म पुगी बालविवाहलाई निरुत्साहन तथा नियन्त्रण गर्न कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन आम जनता, स्थानिय तहहरू, संचार माध्यम, नागरीक समाज लगायत सवै सरोकार निकायहरू संग सहकार्य गरी सचेतनात्मक कार्यक्रम संचालन गर्ने छन ।

प्यूठानमा ०७४÷०७५ मा १२, ०७५÷०७६ मा ६ र ०७६÷०७७ मा एउटा बालविवाहको घटना भएको तथ्यांक छ । अभियानले जनचेतना अभिवृद्धि गर्ने, बालविवाह गर्नेलाई कानुनी कारवाही गर्ने र बालविवाह विरुद्धको अभियानमा सहकार्य अभिवृद्धि हुने प्रहरीको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *