> समाज > सरुमारानीमा दुई बालबालिका मृत फेला


सरुमारानीमा दुई बालबालिका मृत फेला

कमल विक
प्यूठान, ३० चैत ।
सरुमारानी गाउँपालिका १ बांगेशालमा एकै घरका दुई बालबालिका मृत फेला परेका छन् । स्थानीय मंगले धामीका पाँच वर्षीया छोरी सिर्जना र दुई वर्षीय गौरव आईतबार दिउँसो घरभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ ।

छोरी मृत भेटिएको र छोरालाई बांगेशाल स्वास्थ्य चौकी लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्ट माटमका लागि प्यूठान अस्पतालमा राखिएको छ ।

बालबालिकाको घरमा आमासँगै बस्दै आएका थिए । बुवा ददेरीमा काम गर्ने गरेको वडा अध्यक्ष मुकुन्दराज शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, छिमेकीका अनुसार उनीहरुले किम्वुको रुखमा चढेर किम्वु खाने गरका थिए, अण्डा, मकैको रोटी, सिन्की र भात खाएको छिमेकीले बताएका थिए । प्रहरीले फुड प्वाइजनिंग भएको हुनसक्ने अनुमान गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!