प्यूठान, १० मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ ।
नोभेम्वर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने १६ दिने अभियानको यस वर्षको नारा लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सवैको ऐक्यवद्धता भन्ने रहेको छ ।
प्यूठानमा अभियानको अवसरमा रेडियो सम्वाद, दिप प्रज्वलन गरिएको छ । मल्लरानी गाउँपालिकाको आयोजनामा विभिन्न सामाजिक संघ संस्थाको सहकार्य एवं सहयोगमा रेडियो सम्वाद कार्यक्रम गरिएको हो । त्यसैगरि साँझ सदरमुकामा खलंगामा दिप प्रज्वलन समेत गरिएको छ ।
लैंगिक हिंसा न्यूनिकरणका लागि १६ दिनसम्म विभिन्न चेतनामुलक कार्यक्रम गरि यो अभियान मनाइने गरिन्छ ।
