प्यूठान, ६ मंसिर । प्यूठानमा भिरबाट लडेर शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ ।
प्यूठान नगरपालिका वडा नं ६ झुलेनी घुमेर फर्कने क्रममा प्यूठान नगरपालिका वडा नं ४ स्थित रक्तेपोखरी भिरबाट लडेर प्यूठान नगरपालिका वडा नं २ क्वाडीका २० वर्षिय युवक राहुल घर्तीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।
६ जना युवकको समुह झुलेनी पुगेको र फर्कने क्रममा पिसाब फेर्न पछाडी बसेका राहुल भिरबाट लडेको ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताउनुभयो । राहुलको शव एक सय ५० मिटर तल भेटिएको थियो । राहुलको शवलाई प्रारम्भिक काम पछि पोष्टमार्टमका लागि प्यूठान अस्पताल विजुवार ल्याउने तयारी भएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।
