प्यूठान । नेपाल खेलकुद महासंघ प्यूठानको तेश्रो जिल्ला अधिवेशन शनिवार विजुवारमा सम्पन्न भएको छ । अधिवेशनले पुरन खड्काको अध्यक्षतामा २७ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ ।
जसको उपाध्यक्ष विक्रम मगर र सुरेन्द्र विष्ट, सचिव सिर्जन पोख्रेल, सहसचिव मनबहादुर घर्तिमगर र सुनिल पुन रहनुभएको छ ।






