प्यूठान, ८ कात्तिक । बडादशैको आज आठौं दिन महा अष्टमी पर्व मनाईदै छ ।
आजको दिन महाकाली (भद्रकाली)को विशेष पूजाआजा गर्ने गरिन्छ ।
प्यूठानका विभिन्न शक्तिपिठमा दर्शनार्थीको घुईचो लागेको छ । यस वर्ष कोरोना संक्रमणको महामारी र जोखिमका बीच सर्वसाधारण शक्तिपिठमा पुगेर पुजाआजा गर्दै आएका छन् ।
प्यूठानको मल्लरानी गाउँपालिका–४ स्थित झाक्रिस्थान मन्दिरमा हिजो फुलपाती र आज महा अष्टमीका दिन दर्शनार्थीको घुईचो रहेको छ ।
महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर आज रातभरि गुप्तपूजा गर्ने गरिन्छ ।