प्यूठान । राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लाबाट सहभागी हुने खेलाडीको छनौट भदौ १७ र १८ गते हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आज बसेको बैठकले कर्वड हल विजुवारमा खेलाडी छनौट गर्ने निर्णय गरेको हो ।
त्यसअघि स्थानीय तहले खेलाडी छनौट गरि भदौ १२ र १३ गते जिल्ला खेलकुद विकास समितिलाई बुझाउन आग्रह गरेको छ । खेलाडी छनौटका लागि भलिवल प्रशिक्षक बल बहादुर के.सी., तेक्वान्दो प्रशिक्षक विष्णु कुमार थापा र कराते प्रशिक्षक शंकर वि.क.लाई छनौट गरेको छ ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ ।
