> आर्थिक/बिकास > मल्लरानीको खलंगामा बजार अनुगमन, म्याद नाघेका खाद्यबस्तु नस्ट


मल्लरानीको खलंगामा बजार अनुगमन, म्याद नाघेका खाद्यबस्तु नस्ट

प्युठान । जिल्ला सदरमुकाम खलंगा बजारको अनुगमन गरिएको छ । घरेलु तथा साना उघोग बिकास समिति प्युठानको आयोजना तथा जिल्ला प्रशासन कार्यालय प्युठानको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।

 

बजार अनुगमनको क्रममा म्याद नाघेका विभिन्न अखाद्यबस्तुहरु जफत गरि नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघराज सोनिले जानकारी दिनुभयो । प्रायः पसलहरुमा बिस्कुट, फुर्टी, जुस, चाउमिन, बियर, दालमोट, चाउचाउ जस्ता बस्तुहरु म्याद नाघेका भेटिएको सोनिले बताउनुभयो । मानिसको स्वास्थ्यसंग कसैले खेलबाड गर्न नहुने भन्दै सबै उपभोक्ता सचेत र सजग हुनु पर्ने उहाँको भनाई छ।

 

चाडबाड नजिकिदै गएको र आम उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्यबस्तुहरुमा हुन सक्ने समयसिमा नाघेका , मिसवट बस्तुहरु बिक्रीवितरण हुन सक्ने सम्भावनालाई मध्यनजर गरि बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्युठानका उद्योग अधिकृत सरोज भण्डारीले बताउनुभयो ।
उहाँले बजार अनुगमनलाई नियमित र निरन्तरता दिइने उहाँको भनाई छ ।

 

अनुगमनका क्रममा ब्याबसाय दर्ता भए नभएको, नवीकरण भए नभएको, दर्ताभए अनुसारको ब्याबसायी छ छैन, म्याद गुज्रिएको बस्तुको अवलोकन र सुझाव दिएको उद्योग अधिकृत भण्डारीले बताउनुभयो । पहिलो पटक सुझाव दिने सामग्री जफत गर्ने र पटकपटक सुझावअनुसार व्यावसायिक संचालन नगरेमा कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *