> समाज > न मोवाइल न इन्टरनेटः कामकाजमै रमाउछन गाउघरका बालबालिका


न मोवाइल न इन्टरनेटः कामकाजमै रमाउछन गाउघरका बालबालिका

प्यूठान, ७ कात्तिक । गौमुखी गाउँपालिका वडा नं. ३ की कमला विकको दैनिकी फेरिएको छ । कक्षा १० मा अध्ययनरत कमलाको दिन विहान घाँस काटेर र दिउँसो बाख्रा चराएर बित्दै आएको छ । कोभिड–१९ का कारण विद्यालय नखुल्दा दैनिकी नै परिवर्तन भएको उहाँको भनाई छ । तर पनि घरमा स्वअध्ययन गर्ने गरेको कमला बताउनुहुन्छ ।
हिजोआज गाउँघरमा कमलाजस्तै धेरै बालबालिकाको दैनिकीमा परिवर्तन आएको छ । विद्यालय सञ्चालन नहुँदा बालबालिका घरको काममा रमाउन थालेका छन् । कोरोना भाइरसका कारण बिद्यालयहरु सन्चालनमा नआएपछि उनिहरु घरको काममा व्यस्त भएका हुन ।
अहिले कक्षा ५ पास गरेर ६ मा पुग्नुभएका सुगम मल्लको दैनिकी समेत घास काटेर बित्ने गरेको छ । उहाँ भन्नुहुन्छ, ‘दिनमा एकभारी घास काट्छु अरु समय पढ्ने र साथिहरु सँग खेल्ने गरेको छु ।’
जिल्लाकै विभिन्न बजार क्षेत्रमा बिभिन्न समयमा अनलाईस क्लासहरु सन्चालन भएपनि गाउँघरका बालबालिका अनलाइन क्लासको पहुचमा पुगेका छैनन् । उनिहरु सँग ‘न मोवाइल छ न इन्टरनेट सेवा नै । ’

यो बर्ष बिद्यालय सन्चालनमा नआउदा अभिभावक भने चिन्तित बनेका छन् । यो बर्ष मुस्किले १५ दिन मात्रै बिद्यालय सन्चालनमा आएको स्थानीय सन्तोष बिकले बताउनु भएको छ । यसरी बालबालिका घरमै बस्दा उनिहरु बानि बिग्रिदै गएको समेत बिकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *