> समाज > प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि


प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

प्यूठान । प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्यूठानवाट संक्रलन गरि भैरहवा पठाइएको स्वाव परिक्षणको क्रममा प्यूठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित २ वर्षिय बालिका सहित  १७, ३२, १५, १८, २६, १८ र ३६ वर्षका पुरुष रहेका छन् ।

यसअघि जिल्लाको सरुमारानी गाउँपालिकाका १ जना, माण्डबी गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *