> आर्थिक/बिकास > झिमरुकमा चिस्यान केन्द्र बन्दै


झिमरुकमा चिस्यान केन्द्र बन्दै

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र भवनको शिल्यान्यास गरेको छ। झिमरुक गाउँपालिका वडा नं. ५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको झिमरुक गाउँपालिकाका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीले शिल्यान्यास गरेका हुन ।

चिस्यान केन्द्रको शिल्यान्यास गर्दै अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले निर्माण सम्पन्न भएपछि स्थानीय कृषकले आफुले उत्पादित बस्तुहरुलाई सुरक्षित किसिमले स्टोर गर्न सक्ने बताउनुभयो ।

झिमरुक कृषि र फलफुलको पकेट क्षेत्र भएकोले उत्पादित मौसमी, सुन्तला र आलु लाई स्टोरमा भण्डारन गरेर लामो समय टिकाइ राख्न झिमरुक बासी किसानहरुलाई सहज र फाइदा पुग्ने अध्यक्ष महतरा क्षेत्रीको भनाई छ ।

 

निर्माणको काम समयमै सम्पन्न गर्न र डिजाइन र लागत अनुसार कार्य गर्न निर्माण कम्पनीलाई उपाध्यक्ष प्रमोद पोख्रेलले सुझाव दिनुभयो ।

बहुवर्षिय आयोजनाको रुपमा निर्माण हुन लागेको कोल्ड स्टोरको कुल लागत २ करोड १४ लाख रहेको प्राविधिक नगेन्द्र आचार्यले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष सम्झौता गरिएको आयोजनाको आ.ब.२०७९/०८० को जेठ मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ ।

रविना जुगल इभिना जेभिले निर्माण कम्पनीले जिम्मा लिएर आजबाट निर्माण कार्य सुरु गर्दैछ। कार्यक्रममा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, लेखा अधिकृत पिताम्बर मरासिनी प्राविधिक निर्माण ब्यवसायी स्थानीय बासीको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *