> राष्ट्रिय > झिमरुक गाउँपालिकाको गाडिको ठक्करबाट दुई जना गम्भीर घाइते


झिमरुक गाउँपालिकाको गाडिको ठक्करबाट दुई जना गम्भीर घाइते

दाङ । दाङमा सरकारी गाडीले माेटरसाइललाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन । पश्चिमबाट पूर्व तर्फ जादै गरेकाे बा २ झ ४५४६ नम्बरकाे स्कारपिओले पूर्बबाट पश्चिम जादै गरेकाे रा ३ प ५५९८ नम्बरको माेटरसाइकल लाइ लमही नगरपालिका-७ बनगइ जंगलमा ठक्कर दिएकाे थियाे ।

 

लमही नगरपालिका-९ तेलिया निवासी ३३ बर्षिय माेटरसाइकल चालक अमृत राजकाेटी र साेही ठाउँ निवासी ५३ बर्षिय भिमबहादुर कुमाल गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो । उक्त गाडी झिमरुक गाउँपालिकाको रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *