गजल !

सुरेशकुमार पाण्डे

सबैलाई दँसै आयो तिहार पनि आयो,
गरिब लाई रिणको झमार पनि आयो ।

काम-दाम छैन के खाम केलाम भा छ,
हाम्रो खुसि काट्ने औजार पनि आयो ।

घर कुरेर बसेकाछन फर्किएन परदेशी,
बरु देश लाई बेचने गद्धार पनि आयो ।

नाना फाटो भोकै पेट रुन्छन बच्चाहरु,
साहुको रिणमा झनै उभार पनि आयो ।

अबत मेलापर्वहरु धनमानका भएछन,
गिफ्ट सुन चाँदीका सिङ्गार पनि आयो ।

गरिबलाई घाँस दाउरा भरीया बनाएर,
नेतालाई दँसैमा नयाँ कार पनि आयो ।

अब फेरी दशैपर्वकै रुपमा गरीब रुन्छ,
किन फेरी पसिनामै ब्यपार पनि आयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *