- माधव पोख्रेल
विश्व कोभिड-१९ कोरोनाबाट आक्रान्त भै रहदा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । लाखौं लाख संक्रमित र हजारौंको ज्यान लिने महामारीबाट बच्न धेरैजसो देशले अपनाएको लकडाउनको उपाय जस्तै नेपालले पनि यो उपाय अपनाएर कोरोनाको महामारी रोक्नको लागि पहल गरेको छ । लकडाउन के हो धेरैलाई अब सिकाइरहनु नपर्ला ।
विशेष गरी भारत र तेस्रो मुलुकबाट विगत केही हप्ताको समयमा नेपालका विभिन्न भूभागमा प्रवेश गरेका नेपालीहरु विशेष गरेर सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने हो तर जुन उद्देश्य लिएर लकडाउन गरिएको छ त्यो उद्देश्य सहजै पूरा हुने देखिदैन । लकडाउन त यहाँ दशै आएको जस्तै गरेर आएको छ । धेरै समय पछि घर फर्केकाहरु गाउँघरमा रमाइरहेका छन् । विदेशबाट ल्याएका पाहुरपात गाउँघरमा बाडिदै छन् । साथीभाइहरु भेला भएर भोज भतेरका कार्यक्रम आयोजना गरिदैछन् ।
हामी यसै राम्रा उसै राम्रा कसैले त केही गर्न सक्दैन भने कोरोनाको के हिम्मत हामीलाई हराउन । जताबाट आएको छ उतै तिर जान्छ । हामी त नेपाली पो हो त हामीलाई कोरोना होइन कोरोनाको बाउ, बाजे, जिजुबाजे कसैले केही लछारपछार लाउन सक्दैन ।
हामी यसै राम्रा उसै राम्रा कसैले त केही गर्न सक्दैन भने कोरोनाको के हिम्मत हामीलाई हराउन । जताबाट आएको छ उतै तिर जान्छ । हामी त नेपाली पो हो त हामीलाई कोरोना होइन कोरोनाको बाउ, बाजे, जिजुबाजे कसैले केही लछारपछार लाउन सक्दैन । हामी चिसो पानीमा बाचेका सच्चा प्रकृतिका पुजारी हौ । हामीसँग के छैन कस्ता कस्ता रोग र भोक का अगाडि त हामीले घुडा टेकेनौ एउटा आखाँले देख्न नसक्ने भाइरसले हाम्रो के बिगार्न सक्छ र – हामी कोरोनाका दुस्मन बन्नै पर्दैन किनकी हामी देखि कोरोना सयौं माइल टाढा छ । कोरोना भगाउन हामीले केही गर्नै पर्दैन आफै कोरोना भागेर जान्छ ।
हामीले कोरोनालाई जाच्ने होइन कोरोनाले हामीलाई जाच्नै सक्दैन । हामी त हिमालको चिसो हावामा हर्ुर्केका मान्छे कोरोनालाई भगाउन प्रयाप्त साधनस्रोत हामीसँग प्रसस्त छन् । हामीसँग धामीझाक्री देखि लिएर यस्ता औषधी पनि छन् जसलाई स्वयम् भगवान आए पनि हाम्रो काल नजिक छैन । हाम्रो अंगार र खरानीले कोरोनाको सातो गएको छ । हाम्रो तीन पाने भनेपछि कोरोना टाढै भाग्छ, हामीसँग भएको टिमुर र लसुनको नाम कोरोनाले सुन्नै सक्दैन अनि हामीमा रहको उच्च मनोवल -जुन बेला अल्कोहल सेवन गरिएको हुन्छ ) ले त हामीमाथी आक्रमण गनर्ेर्ेेहम्मत नै हुदैन । फेरी हामी राम्रो तयारीमा पनि जुटिरहेका छौ ।
विश्व थकित र निराश भै रहेको समयमा पनि दर्ुइ चार वटा घटना देखिए पनि हामीलाई के विश्वास छ भने मृत्यु भै हाल्यो भने पनि उनीहरुमा अन्य रोगको सिकार हुन्छ कोरोनाको नामो निसान नै भेटिदैन । हामी तीन करोड जनताको परीक्षण केही नभए पनि तीस वर्षा गरिसक्छौ यो हाम्रो अर्को विश्व रर्ेकर्ड हुनेछ । हामी लकडाउनको राम्रोसँग पालना गरिरहेका छौ । लकडाउन भनेको भाग्य घोप्टाउने नै हो मान्छे नै घोप्टिने त होइन नि – देश विदेशका विभिन्न ठाउँहरुबाट दशै तिहारमा समेत नछिरेका व्यक्तिहरु हामीहरुमाझ हुनुहुन्छ यस्तो अवस्थामा एकान्त वास त सबैले मान्नै पर्यो नि – एकान्त वास त वनबास हो ।
लकडाउन भनेको भाग्य घोप्टाउने नै हो मान्छे नै घोप्टिने त होइन नि – देश विदेशका विभिन्न ठाउँहरुबाट दशै तिहारमा समेत नछिरेका व्यक्तिहरु हामीहरुमाझ हुनुहुन्छ यस्तो अवस्थामा एकान्त वास त सबैले मान्नै पर्यो नि – एकान्त वास त वनबास हो ।
हामी मानव यो भन्दा माथि बसेर एकान्त बासको अभ्यास गर्नै पर्यो । एकान्त त हो त नि ! पाँचसात जना एउटै घरमा बसेर म्यारिज खेले पनि एकान्त बास हो, बीस पच्चिस जना एकै ठाउँ बसेर भोज भतेर गरे पनि एकान्त बास हो अनि लकडाउनको अवस्था कति पालना भएको छ वा छैन भनेर एक्लै वा एक दर्ुइ जना मोटरसाइकल, कारमा हिडेर बजारको वस्तुस्थिति हर्ेन जानु पनि त एकान्त बास नै त हो नि । हामी लकडाउनको कडा रुपमा पालना त गरिरहेका छौ नि ! सामान्य रुपमा मोर्निङ वाक जानु, संयुक्त रुपमा एउटै हलमा योगा गर्नु पनि त एकान्त वास नै त हो नि ! देश असामान्य स्थितिमा छ आफ्ना देशका नागरिकलाई देश फर्काउनै पर्यो अनि देश फर्केकालाई आफ्नो घरमा जान दिनै पर्यो । आफन्त र साथीभाई भेटघाटलाई त कसले पो छेक्न सक्छ र – यो त साम्ाान्य कुरा नै भयो । त्यसो त हाम्रो संघिय सरकार र स्थानीय सरकारहरु पनि लकडाउनको बेला राम्रै काममा जुटेका छन् ।
हामी हाम्रा सरकारलाई उच्च सम्मान गर्नै पर्छ । किनकी आफू जोखिममा भएर पनि देश र जनताको लागि दिनरात खदिइ रहनु भएको छ । भवन विनाको अस्पताल, डाक्टर विनाको औषधी र विरामी बिनाको अस्पताल शैयाको लागि हाम्रा सरकार दिनरात मेहनतमा लागि रहनु भएको छ । हामी अरु देशका सरकार भन्दा तीन कदम अगाडि छौ ।
हामी हाम्रा निजी अस्पताललाई जगेडामा राखेर विद्यालय, खेलकुद मैदान, कवर्डहल लगायत व्यक्तिका घरहरु समेतलाई अस्पताल बनाउने नौलो अभ्यास गर्दैर् छौ । हामी महामारीको प्रकोपबाट बच्न निरन्तर प्रचार प्रसार अभियानमा तल्लिन छौ । कोरोना फैलिएको तीन महिनामा महिनाको तीन सयको दरले हामी हाम्रो परीक्षणलाई निरन्तरता दिइरहेका छौ । विश्वका चिकित्सकहरु सुरक्षाका उपकरण प्रयोग गरिरहेको समयमा हामी विना उपकरण परीक्षणमा खटिइरहेका छौ ।
हाम्रो सुरक्षा सामान्य पिपिइले होइन स्वयम पशुपतिनाथ नै सुरक्षामा अगाडि र्सर्नु भएको छ । हामी उपचारमा दिनरात मेहनत गरिरहेका छौ सामान्य समस्याले नेपाली मर्ने कुरै हुदैन परीक्षण नहुदै कोरोना हुदैन, मरेपछि कोरोनाले छुदैन । हामी र्सवसचेत नेपाली हौ फेरि यस्तो मौका आउला नआउला, कोरोन होला नहोला, भारी छुटका साथ सामग्री भित्राउनै पर्यो, टेण्डर गर्दै गरौला, सामग्री त ल्याइहाल्नु पर्छ ।
लकडाउन भनेको भाग्य घोप्टाउने नै हो मान्छे नै घोप्टिने त होइन नि -देश विदेशका विभिन्न ठाउँहरुबाट दशै तिहारमा समेत नछिरेका व्यक्तिहरु हामीहरुमाझ हुनुहुन्छ यस्तो अवस्थामा एकान्त वास त सबैले मान्नै पर्यो नि – एकान्त वास त वनबास हो ।
कमिसनको मौका आउला नआउला, पछि खरिद गर्न पाउला नपाउला विश्वमा कोरोना सबैभन्दा अगाडि छ हामी नेपाली कोरोना भन्दा एक कदम अगाडि छौ । हामी महान छौ हाम्रो विचार महान छ रात रहे अग्राख पलाउछ, आउछ पालो पर्खदैन जे गर्ने हो यही बेला गरौं डाक्टरको भर नपरौ सबै नेपाली डाक्टर सबै घर अस्पताल सबै नेपाली कोरोनाका सिकार सबैले आफ्नो सुरक्षा आफै गरौ कसैको भर नपरौ हामी नै ठूला हाम्रा विचार नै ठूला हामीभन्दा ठूला र महान विश्वमा सायदै होलान यो पहिचानलाई हामीले कहिल्यै नभुलौ कहिल्यै नविर्र्सौ जय कोरोना जय नेपाली ।
