पूजा भुसाल
प्यूठान नगरपालिका-५
तिमी देशको रक्षा गर्नु, यसै हुनेछु म खुसी
बाआमा रुदा तिम्रो यादमा, सम्झाउला म आफैँ बसि
दशै,तिहार त सधैं आउँछ है दाजु, रातपछि दिन जस्तै
राष्ट्र सेवक हौँ खुसी हुनु, मुस्कान लिनु जुन जस्तै
कर्मठ सपूत नेपाल आमाको, सपना धेरै छ गर्नु पूरा
अडिग रहनु निरास नबनि, द्दरद्ध सपना भएनि अधुरा
गाउँमा अनेकौं भन्नेलाई, दिनु छ है कडा वचन
वीर पुरुष हौ तिमी, नलिनु नराम्रा मनमा भावना
आँधिहुरी, तुफानसँग लडि, बनिन्छ बल्ल सफल
सङ्घर्ष धेरै गर्नुछ हेै, पाउनलाई कर्मको फल
तिमी देश बचाउ, हाँस्नेछ नेपाली सबको मन
सुरक्षाको प्रत्याभूत दिलाउ, घरघरमा हुनेछ रमझम
तिम्रै नाउँमा बल्नेछन्, चारेैतिर यहाँ दिपहरु
हाम्रो खुसीमा सधैं प्रयोग, भैरहुन तिम्रा सिपहरु
