साहित्य सृजना

गजल !

सुरेश कुमार पाण्डे

जनशंघर्ष द्वारा तानाशाह लाई फाले पछि,
फेरी आर्को उस्तै आउँछ एउटा ढाले पछि।

यस्तो चालाले देश कसोगरी उभो लाग्ला र,
भन त दिन-दिनै सडकमा राँको बाले पछि।

सयौँ दिन काटरे एकदिन मलम लगाउँछन,
केलाग्यो जनताले फेरी नी भोट हाले पछि।

देश देशनै रहेन बिदेशको अखडा भैसक्यो,
सरकारलेनै असमान सन्धि गर्न थाले पछि।

कुन माईका लाल लड्छ हाम्रो देशको लागि,
यो देशका रीढ भन्नेहरुले हिम्मत गाले पछि।

नेता भन त यो जनता कस्को पछि लाग्ने हो,
तिमीले संसद भङ्ग गरेर सडक समाले पछि।

सेतेकै कुरा माने देशमा शान्ति आउँछ पक्कै,
संसद बहाल गरेर संघियतालाई पखाले पछि।

Related Articles

Back to top button