> स्थानीय सरकार > नीजि श्रोतका शिक्षक कर्मचारीलाई पारीश्रमिक व्यवस्था गर्न माग


नीजि श्रोतका शिक्षक कर्मचारीलाई पारीश्रमिक व्यवस्था गर्न माग

प्यूठान, २८ असोज । नीजि श्रोतका शिक्षक कर्मचारीलाई पारीश्रमिक व्यवस्था गर्न नेपाल शिक्षक महासंघ मल्लरानी गाउँपालिका प्यूठानले माग गरेको छ ।

मल्लरानी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले नीजी श्रोतबाट पारिश्रमिक पाउने गरि कार्यरत शिक्षककर्मीशरुले लामो समयदेखि पारिश्रमिक पाउनबाट बञ्चित रहेको भन्दै उक्त विषयमा ध्यानाकर्षण गराएको हो ।

विद्यालय नियमित रुपमा सञ्चालन हुँदा न्युन मात्रामा अभिभावकबाट उठाउने सहयोगबाट हुने हुने उक्त समस्या अहिले कोरोना महामारीका कारण गम्भीर बनेको अध्यक्ष नुमराज पौडेलले बताउनुभयो । गाउँपालिका समक्ष शिक्षा समितिको बैठक, भौतिक निर्माणका कार्यक्रम हिउँदमै सम्पन्न गर्न, अनलाईन, रेडियो वा टेलिभिजनको माध्यमबाट शिक्षण सिकाईको व्यवस्था गर्न ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

मागका विषयमा गाउँपालिका सकारात्मक भएको महासंघका केन्द्रीय सदस्य चक्रपाणी पौडेलले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहमा समेत नीजि श्रोतका शिक्षकका समस्या लगायत समग्र शैक्षिक समस्याका बारेमा ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *