> सम-सामायिक > बेखर्ची भए भारतमा गएका प्यूठानी


बेखर्ची भए भारतमा गएका प्यूठानी

प्यार अलि खाँन
प्यूठान, २२ वैशाख ।
रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका प्यूठानी बेखर्ची भएका छन् । कोरोनाबाट बच्न गरिएको लकडाउनका कारण भारतका विभिन्न ठाउँमा रोजगारीका लागि पुगेका प्यूठानी समस्यामा परेको खबर आएको छ ।

नौबहिनि गाउँपालिका वडा नं. ७ र ८ का करिब ४० जना व्यक्ति बेखर्ची भएका छन् । भारतको राची, झारखण्डमा रहेका उनीहरु समस्यामा परेका छन । होटल तथा चौकीदारको रुपमा काम गर्ने उनिहरु सबै डेरामा बस्दै आएका थिए । खाना खर्च सकिएसंगै समस्याबाट गुज्रीरहेको उनीहरुले गुनासो गरेका छन ।

१६ जनाको अवस्था थप नाजुक रहेको राष्ट्रिय आविस्कार केन्द्रका वैज्ञानिक महाविर पुनले बताउनुभयो । मेरो फेसबुक मेसेन्जरमा एक जना साथी रहेछन, उनले मलाई त्यहाँको बस्तुस्थितिबारे जानकारी दिएका छन, पुनले भन्नुभयो, मैले नेपाल नआइकन त्यहिँ खाने खर्चको व्यवस्थापन गर्ने बचन दिएको छु । सम्बन्धित गाउँपालिकाले उनीहरुको व्यवस्थापनमा केही प्रतिक्रिया नदिए आफुले केही उपाए निकाल्ने पुनले आफ्नो आधिकारिक फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।

नौबहिनी गाउँपालिकाका अध्यक्ष शिवप्रसाद रिजालले पुनको फेसबुक स्टाटस प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ । हामीहरु ल्याउन सक्दैनौं, जो जहाँ छ त्यहीँ रासन पानीको व्यवस्थापन गर्न प्रतिबद्ध छौं, रिजाले भन्नुभयो । भारतमा खर्च कसरी कुन माध्यमबाट उपलब्ध गराउनेबारे सहजीकरण गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!