बोम बहादुर परियार
प्यूठान, ३ वैशाख । जिल्ला स्तरीय क्षयरोग तथा कुस्ठ रोग कार्यक्रमको कोहर्ट नतिजा बिस्लेषण तथा दोस्रो चौमासिक समिक्षा गोष्ठी आज स्वास्थ कार्यालय प्युठानमा सम्पन्न भएको छ ।
यस आर्थिक बर्ष २०७७/७८ को दोस्रो चौमासिक सम्म प्युठान जिल्लाभर बाट १५९ जना नया क्षयरोग (टि बि) का बिरामी पत्ता लागेका छन । जसमध्य प्युठान नगरपालिका बाट ३६, स्वर्गद्वारी नगरपालिका २२, मल्लरानि गाउपालिका २८ , झिमरुक गाउपालिका ६ , नौबहिनी गाउपालिका १५ ,गौमुखि गाउपालिका ३, माण्डवी गाउपालिका १६, ऐरावती गाउपालिका १६ र सरुमारानी गाउपालिका बाट १७ गरि जम्मा १५९ जना नया बिरामी पुष्ठि भइ उपचारमा हरेको स्वास्थ कार्यालय प्यूठानका निमित्त प्रमुख मदुसुदन खड्काले बताउनुभयो । यो रोग १५ बर्ष देखि माथि र ४४ बर्ष देखि मुनिका मानिसहरुमा बढि देखिएको उहाले बताउनुभयो
त्यस्तै यस आर्थिक बर्षको चौमासिक सम्म जिल्लामा ४ जना नया कुस्ठ रोगका बिरामी थपिएका छन । थपियसङ्गै हाल प्युठान जिल्लाभर १४ जना कुस्ठ रोगिहरु उपचारमा रहेका छन ।
चौमासिक समिक्षा कार्यक्रममा जिल्लाका प्रत्यक पालिकाबाट स्वास्थ साखा प्रमुख को उपस्थिति रहेको थियो । कार्यक्रम को सन्चालन स्वास्थ कार्यालय प्युठानका कोल्चेन अधिकृत कोशल राज बैद्धले गर्नुभएको थियो ।
