प्यूठान, २० असोज । नेपाल पत्रकार महासंघ प्यूठानका संस्थापकलाई सम्मान गरिएको छ ।
संस्था स्थापना भएको दुई दशक पुगेको अवसरमा जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा औपचारिक कार्यक्रम आयोजना गरि संस्थापकलाई सम्मान गरिएको हो ।
२०५८ साल असोज २० गते प्यूठान शाखाको स्थापना भएको थियो । शाखा स्थापना गर्ने संस्थापक इमानसिंह भारती, मेघराज भट्ट खुम बहादुर थापा, देवेन्द्र वर्मा, बुद्ध बहादुर जिसी, नुमराज खनाल, झपेन्द्रराज वैद्य, सुशील पोख्रेल, लगायतलाई कार्यक्रममा सम्मान पत्र सहित सम्मान गरिएको हो ।
स्थापना दिवसको अवसरमा संस्थापक सभापति स्वर्गीय सुर्य बहादुर विश्वकर्माको स्मृतिमा स्थापना गरिएको ‘स्व. सुर्य बहादुर विश्वकर्मा स्मृति पत्रकारिता सम्मान’ संस्थापक एवं पूर्व अध्यक्ष इमानसिंह भारतीलाई प्रदान गरिएको छ ।
महासंघले २० हजार रुपियाँ र स्व. विश्वकर्माका भाई अर्जुनसिंह विश्वकर्माले ५० हजार थप गरेर ७० हजार रुपियाँको सम्मान कोष स्थापना गरिएको हो ।
त्यसैगरि, वर्तमान समितिका स्वर्गीय उपाध्यक्ष बसन्ता भट्टको स्मृतिमा स्थापना गरिएको ‘महिला शसक्तिकरण स्मृति पत्रकारिता पुरस्कार’ प्रदेश समिति उपाध्यक्ष दीपा घर्तिलाई प्रदान गरिएको छ । भट््टको स्मृतिमा पत्रकार महासंघले २० हजार रुपियाँको पुरस्कार कोष स्थापना गरेको हो ।
त्यसैगरि, पत्रकार महासंघको सदस्यमा रहँदा पु¥याएको योगदानको कदर गर्दै मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई सम्मान गरिएको थियो । यसअघि पत्रकार महासंघको साधारण सदस्य रहनुभएका थापा निजामति क्षेत्रमा प्रवेश गरेसँगै सदस्य त्याग्नुभएको हो ।
त्यसैगरि,‘स्व. सुर्य बहादुर विश्वकर्मा स्मृति पत्रकारिता कोष’मा ५० हजार रुपियाँ रकम थप गर्नुभएकोमा अर्जुनसिंह विश्वकर्मालाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
सूचना विमोचन
पत्रकार महासंघले स्थापनाको २० वर्ष पुगेको अवसरमा पत्रकार महासंघले नियमित रुपमा प्रकाशन गर्दै आएको मुखपत्र ‘सूचना’ को नयाँ अंक विमोचन गरेको छ । यस पटकको सूचनामा स्थापनाको दुई दशक विषयमा लेख रचना समेटिएका छन् ।
पत्रकार महासंघ नेपालको पुरानो नागरिक समाजः उपाध्यक्ष पोख्रेल
कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रको समग्र विकासका लागि पत्रकार महासंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पत्रकार महासंघ नेपालकै पुरानो नागरिक समाजको संस्था भएकाले समाजलाई सकारात्मक रुपमा अगाडी बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
समाजमा उत्पन्न हुने द्धन्द्धलाई न्यूनिकरण गर्ने र समाजलाई सदभावपूर्ण ढंगबाट अगाडी बढाउने काममा पत्रकारिता क्षेत्रको भूमिका रहने उहाँको भनाई छ । त्यसका लागि पत्रकारहरुले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने बत्ताहरुले समग्र पत्रकारिता क्षेत्रको विकासको साथै सामाजिक क्षेत्रको विकासका लागि योगदान रहेको चर्चा गरेका थिए । राज्यको सेवालाई प्रभावकारी बनाउनका लागि पत्रकारिता जगतले सजग र सर्तक बनाउने काम गर्दै आएको महासंघका अध्यक्ष महावीर रानाले बताउनुभयो ।
को को बत्ता बोले ?
कार्यक्रममा प्रमुख अतिथी पोख्रेल, विशेष अतिथी प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, पत्रकार महासंघ पाँच नम्वर प्रदेश उपाध्यक्ष दीपा घर्ति, पूर्व अध्यक्ष शुसील पोख्रेल, निवर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारी, प्रदेश सदस्य सुजल श्रेष्ठ, प्रेस संगठन प्यूठानका अध्यक्ष नोमराज पौडेल, प्रेस युनियन प्यूठानका अध्यक्ष श्रीराम भण्डारी, प्रगतिशिल पत्रकार संघ प्यूठानका अध्यक्ष प्रज्वल पहाडी, प्रेस नेपाल प्यूठानका अध्यक्ष राम बहादुर विश्वकर्मा, क्रान्तिकारी पत्रकार संगठनका सचिव मधुसुदन पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
पत्रकार महासंघ स्थापना सन्र्दभका बारेमा संस्थापक इमानसिंह भारतीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष एलवी थापा र सञ्चालन सचिव विजयसिंह भारतीले गर्नुभएको थियो ।