> स्थानीय सरकार > मेयर कोष मार्फत सामाजिक क्षेत्रका काम


मेयर कोष मार्फत सामाजिक क्षेत्रका काम

प्युठान, ६ कात्तिक । प्यूठान नगरपालिकाकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले मेयर काेष मार्फत सामाजिक क्षेत्रका कार्य गर्दै आउनुभएको छ । नगरप्रमुख कक्षपति निजामती पेन्सेनर हुनुहुन्छ । पेन्सीनबाट पाउने २० हजार रुपियाँ कटाएर अन्य बाकी पारिश्रमिक मेयर कोष मार्फत नगरका विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बताउनुभयो ।

नगरप्रमुख कक्षपतिले मेयर कोष मार्फत चालु आर्थिक वर्षमा विभिन्न सामाजिक क्षेत्रका काममा खर्च गर्नुभएको छ । आज प्यूठान गरपालिका वडा नं २ दाखाक्वाडी धामीटोलमा प्रतिक्षालय निर्माणका लागि २५ हजार रुपियाँ सहयोग गरेको बताउनुभयो । त्यस्तै आज नै माण्डवी गाउँपालिका वडा नं १ तिराम घर भई सड्क संवाहरकर्ता मधु कुवरलाई एक जोडी कपडा हस्तान्तरण गर्नुभएको छ । नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा हौसला मिलोस भन्दै कपडा हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षमै प्युठान नगरपालिका वडा नं ८ दम्तीमा मन्दिर निर्माणका लागि २५ हजार रुपियाँ बराबरको सामाग्रीहरु पठाईदिने तयारी गरिरहेको उहाँले बताउनुभयो। वडा नं १ नेउजा र वडा नं ६ माझकोटका १÷१ गरी दुई विपन्न परिवारका लागि जस्तापाता लगाईदिएको समेत बताउनुभयो । त्यस्तै ग्रामिण क्षेत्रमै तालिम पश्चात व्यवसायिक रुपमा सिलाईकटाई पेशा गर्दै आउनुभएकी वडा नं ६ माझकोटकी अञ्जली गुरुबलाई ईन्टरलग मेसिन पनि सहयोग गर्नुभएको छ ।

व्यवसायमा थप हौसल्ला मिल्नुका साथै काममा समेत थप सहजता हुने उदेश्यले मेसिन सहयोग गरेको कक्षपतिले बताउनुभयो । चालु आर्थिक वर्षमै वडा नं ४ स्थित हल्दीखोलाका क्यान्सरका बिरामी चर्तुसिंह नेपालीलाई औषधी उपचारका लागि करिब ४० हजार रुपियाँ खर्च गरेको उहाँको भनाई छ।

नगरप्रमुख कक्षपतिले केही दिनमा नगरका माझकोट, धर्मावती र जुम्रीमा गरी ४ वटा कुटानीपिसानी मेसीन दिने तयारीमा रहेको समेत बताउनुभयो । दुर दराजमा बस्ने व्यक्तिहरु कुटानी पिसानीकै लागि दुई ÷अढाई घण्टा हिडेर जानुपर्छ त्यस्तो समस्या समाधानका लागि सानो मेसिन हस्तान्तरण गर्न लागिएको बताउनुभयो । यसले समयको बचत समेत हुने विश्वास लिएको उहाँको भनाई छ ।

नगरप्रमुख कक्षपतिले अघिल्लो आर्थिक वर्षमा पनि करिब तीन लाख ५० हजार रुपियाँ जति सामाजिक क्षेत्रमा खर्च गरेको बताउनुभयो । आगलागी पिडीत, औषधी उपचार लगाएतका सामाजिक क्षेत्रमा खर्च गरेको उहाँको भनाई छ । हालसम्म जिन्सी तथा नगद गरी करिब ६ लाख रुपियाँ विपन्न, असाहाय, औषधी उपचारतथा सामाजिक कार्यमा खर्च गरेको नगरप्रमुख कक्षपतिले बताउनुभयो । यो अवधिको आफुले पाउने पारिश्रमिक गरिब, विपन्न परिवार तथा सामाजिक कार्यमा खर्च गर्ने उहाँको भनाई छ ।

त्यस्तै नगरप्रमुख कक्षपतिले एक जना विद्यार्थीको अभिभावक समेत बन्नुभएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ पाबवाबका सुदन पुनमगरको शैक्षिक क्षेत्रमा खर्च गर्ने गरी अभिभावकको भूमिका निर्वाह गर्नुभएको हो । पुनले हाल मुक्ति माध्यामिक विद्यालय रातामाटामा प्राविधिक शिक्षा अन्र्तगत ११ कक्षामा पढनुहुन्छ । कक्षा ९ देखी १२ कक्षा सम्म पुनलाई शैक्षिक क्षेत्रमा नगरप्रमुखले सहयोग गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *