> समाज > पूर्व गृह सहायक मन्त्री विष्टको सम्झनामा प्रतिष्ठान


पूर्व गृह सहायक मन्त्री विष्टको सम्झनामा प्रतिष्ठान

प्यूठान समाचार सम्वाददाता
प्यूठान, २२ माघ ।
पूर्व सहायक गृहमन्त्री टङ्क बहादुर विष्टको सम्झनामा प्रतिष्ठान स्थापना गर्न लागिएको छ । विष्टको सम्झनामा टङ्क बहादुर स्मृति प्रतिष्ठान गठन गर्ने निर्णय भएको हो । जसका लागि विजय विराज विष्टको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति गठन भएको छ ।
पूर्वमन्त्री विष्टको गत माघ ८ गते ९७ वर्षको उमेरमा निधन भएको हो । विष्ट पञ्चायतकालमा (२०४०–२०४३) मन्त्री बन्नुभएको थियो । जीवनको अन्तिम समयसम्म देश र समाजको चिन्तन गर्ने र स्वच्छ छवी भएको नेताको रुपमा जिल्लावासीले विष्टलाई सम्झने गर्दछन् ।
पञ्चायती व्यवस्थामा लागेपनि उहाँको प्रवृति दमनकारी कहिल्यै थिएन, प्रदेश सभा सदस्य हरिप्रसाद रिजालले भन्नुभयो, जहिल्यै सरल र इमान्दार नेताको रुपमा रहनुभयो । सच्चा र इमान्दार नेताको छवी बनाएका विष्टले देश र समाजको विकासका लागि समेत योगदान पु¥याएको उहाँको भनाई छ । स्वर्गीय मन्त्री विष्टले जिल्लाको सडक, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत पूर्वाधार निर्माणमा भूमिका निर्वाह गर्नुभएको थियो ।
तदर्थ समितिका पदाधिकारी
अध्यक्ष ः विजय विराज विष्ट
उपाध्यक्ष ः मोहन सिंह विष्ट
सचिव ः गोपालय विष्ट
कोषाध्यक्ष ः पुतला विष्ट
सदस्य ः गुमानराज पुलामी
सदस्य ः लोक बहादुर बस्नेत
सदस्य ः जगन्नाथ पोख्रेल
सदस्य ः चेत बहादुर विष्ट
सदस्य ः गंगालाल विष्ट
सदस्य ः धुर्व कुमार पोख्रेल
सदस्य ः सुनिल शाही लेकाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!