प्युठान । सदरमुकाम खलंगाका युवाले खलंगा बस काउन्टरमा ताला लगाईदिएका छन । खलंगासम्म आईपुग्नुपर्ने सार्वजनिक सवारीसाधन नआउने गरेको भन्दै युवाले तालाबन्दी गरेका हुन ।
बिशेशगरी काठमाडौंबाट छुट्ने बस गन्तव्य स्थान सम्म नआउने गरेको स्थानीयको गुनासो छ । उक्त विषयमा जिल्ला प्रशासन, यातायात प्रालिलाई ध्यानाकर्षण गराएपनि बेवास्ता गरिएको स्थानीयको भनाई छ ।
बिभिन्न बहाना बनाएर गाडी बाग्दुलामै रोक्ने गरिएको छ । यात्रुलाई अर्को गाडीमा राखेर पठाउने गरिएको छ ।
