> समाज > प्यूठानमा दश महिनाको छोरा सहित आमा झुण्डिएको अवस्थामा फेला : श्रीमानले पनि गरे आत्महत्या


प्यूठानमा दश महिनाको छोरा सहित आमा झुण्डिएको अवस्थामा फेला : श्रीमानले पनि गरे आत्महत्या

प्यूठान, १३ पुस । नौबहिनी गाउँपालिका वडा नं.२ लिघामा एकै परिवारका तीन जना व्यक्तिको शंकास्पद मृत्यु भएको छ ।

दश महिनाको छोरा सहित आमा घर नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको र श्रीमानले समेत भिरबाट हाम फालेर आत्महत्या गरेको घटना बाहिर आएको छ ।

 

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख सुनिल मल्लका अनुसार दश महिनाको छोरा मनु विक र २३ वर्षीय खिमा विक घरदेखि १५/२० मिटर नजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । आमा छोरा दुवै उत्तिसको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।

 

खिमाको श्रीमान २० वर्षीय याम बहादुर विक बाहाने नजिकैको भिरबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटना शनिबार साँझ भएको र आईतबार प्रहरीले मुचुल्का उठाएर शवको पोष्टमार्टमका लागि प्यूठान अस्पताल विजुवार ल्याएको प्रमुख मल्लले जानकारी दिनुभयो । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *